सहिद कृष्ण गुरुङको स्मारकमा माल्यार्पण गर्दा उम्मेदवार दामोदर बैरागीका आँखा रसाए

पाेखरा | कात्तिक २५, २०७९

सहिद कृष्ण गुरुङको स्मारकमा माल्यार्पण गर्दा उम्मेदवार दामोदर बैरागीका आँखा रसाए

 

पोखरा:  अन्नपुर्ण ४ सल्यानका सहिद कृष्णबहादुर गुरुङको स्मारकमा माल्यार्पण गर्दा एमाले उम्मेदवार दामोदर पौडेल बैरागीका आँखा एकाएक रसाए । मंसिर ४ गते हुने चुनाव केन्द्रित मतदाता भेटघाट कार्यक्रम अन्र्तगत अन्नपूर्ण ४ तथा साविक सल्यान ३ मा पुगेर सहिद कृष्ण गुरुङको स्मारकमा माल्यार्पण गर्ने क्रममा उम्मेदवार वैरागीका आँखा रसाएका हुन् ।


कास्की क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्यका एमाले उम्मेदवार वैरागीले माल्यार्पण पछि भावुक हुदै सहिद कृष्ण गुरुङले सल्यानको विकास र सल्यानवासीका लागि देखेका सपनाहरु पूरा गर्ने प्रतिवद्धता जनाए । उनले भने ‘उहाँ त हामी माझ हुनुहुन्न, तर उहाँले यो ठाउँको विकास र यहाँका स्थानियहरुको समृद्धिका लागि जुन सपना देख्नुभएको थियो, त्यो सपना अव म पूरा गर्ने वाचा गर्छु ।’ उनले सहिदको सपना साकार पार्न आफूले जुकै कसरत गर्न पनि पछि नहट्ने बताए । 


तत्कालिन जिल्ला विकास समिति कास्कीका सदस्य एवं नेपाली काँग्रेस कास्कीका उपसभापति रहेका कृष्णबहादुरको द्वन्दकालमा तत्कालीन विद्रोही समूहले तड्पाएर हत्या गरेको थियो । हत्या भएको स्थानमा सहिद गुरुङको स्मारण निर्माण गरिएको छ ।


अर्को प्रसंगमा उनले आउँदो निर्वाचनमा सुर्य चिन्हमा मतदान गरी एमाले उम्मेदवारलाई विजयी गराउन अपिल गरे । उनले पाँच वर्षे कार्यकाल सल्यानको बाटो पिच गर्ने प्रतिवद्धता जाहेर गर्दै सल्यानमा देखिएको खानेपानीको समस्या पनि एक घर एक धारा अवधारणा अनुसार समाधान गर्ने बचन दिए । यी बाहेक स्थानिय स्तरमा देखिएका सानातिना समस्या तथा स्थानियका आवश्यकतालाई पूरा गर्ने उनको अठोट छ ।


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्